Font Size
मत्ती 16:1-4
Nepali Bible: Easy-to-Read Version
मत्ती 16:1-4
Nepali Bible: Easy-to-Read Version
यहूदी नेताहरूद्वारा येशूको परीक्षा
(मर्कूस 8:11-13; लूका 12:54-56)
16 फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
2 येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ। 3 अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ। 4 दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।[a] बाहेक अरू चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो।
Read full chapterFootnotes
- 16:4 योनाको चिन्ह को अर्थ योना ठूलो माछाको पेटभित्र तीन दिन सम्म रहे जस्तै येशू चिहान भित्र तीन दिन रहनु भयो। (योना 1-2)
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International